लिपस्टिक लगाएपछि महिलाका मनमा यस्ता प्रश्न उब्जन्छन्

रातो लिपस्टिकले महिलाको सुन्दरतामा थप सुन्दरता थप्ने गर्दछ । यसले उनीहरुको व्यक्तित्वसमेत मजबुत बनाउने गर्दछ ।

मेकअप आर्टिस्टहरुका अनुसार रातो लिपस्टिकले महिलाको आत्मविश्वास बढाउनुका साथै यो अपीलिंग कलर पनि हो । यदि तपाई डेटमा जाँदै हुनुहुन्छ भने योभन्दा अर्को विकल्प हुन सक्दैन । तर, रातो लिपस्टिक लगाएपछि महिलाको मनमा विचित्रका कुरा आउने गर्दछ ।

१. रेड लिपस्टिक लगाएपछि महिलामा आत्मविश्वास त बढ्छ तर यदि महिलालाई कसैले घुर्न लाग्यो भने कतै आफ्नो लिपस्टिक बढी गाढा छ भएन भन्ने सोच पनि आउने गर्दछ । वा फेरि दाँतमा त केही लागेको छैन भन्ने मनमा उब्जने गर्दछ ।

२. लिपस्टिक चाहे जुनसुकै होस, एकपटक लगाएपछि खाने पिउने समयमा ध्यान राख्नुपर्ने हुन्छ । अक्सर महिलाहरुलाई यही कुराको तनाव रहन्छ कि आफ्नो लिपस्टिक खाने बेला खराब त भएन ?

३. उनीहरुको मनमा आउने अर्को कुरा हो, कतै यसको रातो रंग नराम्रो त देखिएको छैन…? कतै म भेम्पायर जस्तै त देखिएकी छैन ?
४. एक पटक वाशरुममा गएर लिपस्टिक चेक त गर्नैपर्छ ।

५. अरे, होइन….उसको रुमालमा मेरो लिपस्टिकको निशान लाग्यो । के मैले उसको रुमाल धोइदिनु पर्ला ? एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..