फिफाले महिला फुटबल विकासको लागि छुट्टाएको लगानी नरोक्ने

फिफाले महिला फुटबल विकासको लागि छुट्टाएको लगानी नरोक्ने 1

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला फुटबल विकासको लागि छुट्टाएको लगानी नरोक्ने भएको छ ।

कोरोना भाईरस महामारीको कारण फिफामा पर्न गएको आर्थिक प्रभावको बाबजुत फिफाले महिला विकासको लागि छुट्टाएको बजेट नरोक्ने भएको हो ।

फिफाले महिला फुटबलका लागि ८ सय ४ मिलियन पाउण्ड लगानी गर्ने घोषणा गरेको थियो । तर, कोरोनाको कारण परेको आर्थिक प्रभावको कारण फिफाले लगानीबाट हात झिक्न सक्ने अनुमान गरिएको थियो ।

फिफाले कोरोना भाईरसबाट प्रभावित महिला फुटबलका लागि समेत प्याकेज ल्याउने जनाएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..