संसारभरका देशका यस्ता कयौ यस्ता पनि कानुन छन्, जुन थाहा पाएर तपाई आश्चर्यमा पर्नुहुनेछ । यहाँ केही त्यस्ता कानुन प्रस्तुत छ, जुन आश्चर्यजनक छ।
बल्ब बदल्ने कानुनः
बल्ब परिवर्तन गर्न कति मुश्किल हुन्छ ? अस्ट्रेलियाको भिक्टोरिया प्रान्तबासी यही भन्ने छन् कि –साह्रै मुस्किल । आवादीको हिसावले दोस्रो ठुलो राज्य भिक्टोरियामा पेशेवर इलेक्ट्रिशियनबाट मात्रै बल्ब परिवर्तन गर्नुपर्ने कानुन छ। त्यसो नगरेको खण्डमा १० अस्ट्रेलियन डलर जरिवाना दिनुपर्ने हुनसक्छ ।
ट्वाइलेटको फ्लशसम्बन्धी कानुनः
स्वीटजरल्याण्डको विलाशी भवनमा राति १० बजेपछि ट्वाइलेटको फ्लश चलाउनु गैरकानुनी हो । सरकारका अनुसार फ्लशबाट ध्वनी प्रदुषण हुने गर्दछ । होटलहरुमा भने यसलाई छुट दिइएको छ।
चुइगन चबाउन प्रतिबन्ध
सिंगापुरमा चुइगम चबाउन प्रतिबन्ध छ । यसलाई निकै कडाईका साथ लागु पनि गरिएको छ। सन् २००४ मा चिकित्सकीय कारणहरुबाट केही मानिसलाई चुइगम चबाउने छुट दिइएको छ। यद्यपि उनीहरुले पनि चुइगम भने चिकित्सकबाट मात्रै किन्नुपर्दछ ।
दाँत टोक्ने कानुन
अमेरिकाको लुजियाना प्रान्तमा यदि कसैले असली दाँतले टोकेको खण्डमा त्यसलाई ‘साधारण आक्रमण’ मानिनेछ । तर, यदि नक्कली दाँतले टोकेको खण्डमा त्यसलाई ‘आक्रोशपूर्ण आक्रमण’ मानिने गर्दछ ।
अण्डरवेयर सुकाउने नियम
अमेरिकी राज्य मिनीसोटामा महिला र पुरुषको अण्डरवेयर एउटै डोरीमा सुकाउनु गैरकानुनी हो ।
पाल्तु जनावरसँगको सेक्स
इरानको कानुनले आफ्नो पाल्तु जनावरसँग सेक्स गर्ने अनुमति प्रदान गरेको छ। तर, सेक्सपछि जनावलाई मार्ने वा त्यसको मासु खुवाउने अनुमति दिएको छैन । जंगली जनावरसँग सेक्स गर्नु भने गैरकानुनी हो ।
नोट मात्र चल्छ
क्यानडामा यदि कुनै वस्तुको मूल्य दश डलरभन्दा माथि छ भने तपाईले भुक्तानी सिक्कामा गर्नु पाउनु हुने छैन । तपाईले खल्तीबाट नोट नै निकाल्नुपर्ने कानुनी व्यवस्था छ।
जन्म दिन भुल्नु
सेन्ट्रल साउथ प्रशान्तमा रहेको द्वीप देश समोआमा श्रीमतीको जन्मदिन भुल्नु गैरकानुनी र अपराध हो ।
जोडले गीत गाउनु
होनोलुलुमा सुर्य अस्ताएपछि उच्च स्वरमा गीत गाउनु गैरकानुनी हो ।
जेलबाट भाग
डेनमार्कमा जेलबाट भाग्ने कोशिस गर्नु अपराध होइन । एजेन्सी