जर्मन कप फुटबल प्रतियोगिताको फाइनल अनिश्चितकालका लागि स्थगित

जर्मन कप फुटबल प्रतियोगिताको फाइनल अनिश्चितकालका लागि स्थगित 1

काठमाडौं । जर्मन कप फुटबल प्रतियोगिताको फाईनल अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

कोरोना भाईरसको संक्रमणको कारण देखाउँदै प्रतियोगिता अनिश्चित समयका लागि स्थगित गरिएको हो । प्रतियोगिता अब बन्द रंगशालामा सञ्चालन हुन सक्ने सम्भावना छ ।

जर्मन फुटबल महासंघले प्रतियोगिताको फाईनल मे २३ मा सञ्चालन गर्ने तय गरेको थियो । महासंघका अध्यक्ष फ्रिट्ज केलेरले संकटको अवस्थामा महत्वपूर्ण खेल दर्शक बिना बन्द रंगशालामा हुने सम्भावना रहेको बताउनुभयो ।

महामारीको रुपमा फैलिएको कोरोनाका कारण सेमिफाईनलको खेल समेत स्थगित गरिएको थियो । सेमिफाईनलको खेल यसै साता सञ्चालन गर्ने पूर्व निर्धारित तालिका थियो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..