बेहोस हुने गलत म्यासेज (Joke)

एक जना महिला जागिरको अफर आएकाले गाउँबाट सहर गएकी थिइन् ।

उनले त्यहाँ एक कम्पनीमा कामका लागि इन्टरभ्युँ दिएर पास भएपछि श्रीमानलाई फोनबाट म्यासेज पठाइछन् । त्यो म्यासेज गल्तीले अरु कसैको फोनमा गएछ । जसको फोनमा त्यो म्यासेज गएको थियो ।

ऊ भर्खरै आफ्नो श्रीमतीको दाहसस्कार गरेर घाटबाट घर फर्किएको थियो । म्यासेज पढेर ऊ बेहोस भयो । किनकी म्यासेजमा लेखिएको थियो–
‘म यहाँ राम्रोसँग आइपुगेँ । यहाँ बस्नका लागि साह्रै राम्रो सुविधा छ । तपाई चिन्ता नलिनू । म, तपाईलाई एक दुई दिनमै यही बोलाउँछु ।’

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..