थाहा पाइराख्नुस्, चट्याङका बेला यस्ता सात कुरामा ध्यान दिँदा बच्न सकिन्छ

अब बर्खा लाग्नै लाग्यो । पानी पर्नु, हावाहुरी चल्नु र चट्याङ पर्नु सामान्य कुरा हो । नेपालमा पनि चट्याङका कारण वर्षेनी दर्जनौले ज्यान गुमाउने गरेका छन् । किन पर्छ चट्याङ ? यसबाट कसरी जोगिन सकिन्छ । तल केही तरिका उल्लेख गरिएको छ।

१. यदि कतै चट्याङमा मानिस परेको थहा पाए तत्काल चिकित्सकको सहयोग लिनेतिर सोच्नु आवश्यक छ। यस्तो अवस्थामा चट्याङमा परेकालाई छुँदा छुने व्यक्तिलाई कुनै हानी हुँदैन ।

-हावाहुरी र चट्याङ पर्दा यो कुरा कहिल्यै नबिर्सनुस्, यस्ता उपाय अपनाउँदा बच्न सकिन्छ

२. यदि कोही चट्याङमा परेको खण्डमा तत्काल उसको नाडी छाम्नुस् र यदि तपाई प्राथमिक उपचार जान्नु हुन्छ भने त्यो अवश्य गर्नुस् । चट्याङ परेपछि दुई ठाउँ ठाउँमा जल्ने सम्भावना रहन्छ, त्यो स्थान जहाँबाट चट्याङको झड्का शरीरमा प्रवेश ग¥यो र अर्को त्यो कहाँबाट बाहिर निस्कियो ।

३. यस्तो पनि हुन सक्छ कि चट्याङका कारण व्यक्तिको हड्डी ट्ट्यो वा घाइतेले देख्न र सुन्न बन्द भयो, यसको जाँच गर्नुस् ।

४. चट्याङ लगत्तै बाहिर ननिस्कनुस् । अधिकांम मृत्यु तुफान गएको ३० मिनेटपछिसम्म चट्याङ पर्दा हुने गरेको छ।

५. यदि बादल गज्रदैछ र तपाई तनावमा हुनुहुन्छ भने चट्याङ पर्न सक्ने सम्भावना छ । यस्तो अवस्थामा निहुरिएर खुट्टाको बलमा बस्नुस्, आफ्नो हात गर्दनमा राख्नुस र निहुरनुस् । यो मुद्रामा तपाई जमिनको सम्पर्क हुनेछ ।

६. छाता वा मोबाइल फोनको प्रयोग नगर्नुस् । धातुको माध्यमबाट चट्याङबाट उत्पन्न हुने विद्युत तपाईको शरीरमा प्रवेश गर्न सक्छ । बेलायती मेडिकल जर्नलमा प्रकाशित रिपोर्ट अनुसार कुनै १५ वर्षको एक जना किशोरमाथि चट्याङ परेको थियो, जब उ मोबाइल प्रयोग गरिरहेको थियो । उसलाई तत्काल हृदयघात भएको थियो ।

७. एउटा भनाइ अनुसार चट्याङ एकै स्थानमा दुईपटक पर्दैन । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..