एक दिवसीय र टी–ट्वान्टी वरीयतामा नेपाल यथावत

एक दिवसीय र टी–ट्वान्टी वरीयतामा नेपाल यथावत 1

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय र टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।

आईसीसीले निकालेको नयाँ वरीयतामा नेपाल एकदिवसीय र टी–ट्वान्टी दुवैमा यथावत रहेको हो । एकदिवसीयमा नेपाल १६ औं स्थानमा रहेको छ भने टी–ट्वान्टीमा १५ औं स्थानमा रहेको छ ।

एकदिवसीयमा इंग्ल्यान्ड शीर्ष, भारत दोस्रो, न्युजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् ।

टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । इंग्ल्यान्ड दोस्रो, भारत तेस्रो, पाकिस्तान चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..