तपाईलाई थाहा छ, चामलको बासी भात खाँदा हुने फाइदा यस्ता छन्

कतिपय अवस्थामा हाम्रो घरमा राति पकाएको चामल बच्ने गर्दछ । हामी त्यसलाई भासी भात ठान्ने गर्दछौ र त्यो पाडाबाछा वा अन्य कुनै जनावरलाई दिने गर्दछौ । त्यो पनि भएन भने फ्याँक्ने कामसमेत तपाईहामी धेरैले गरेका छौ । तर, अबका दिनमा जब तपाईको घरमा साँझ वा बिहान बचेको भासीभात फ्याँक्ने भूल नगर्नुस् । तपाईलाई पनि थाहा नहुन सक्छ, त्यही भासी भात स्वास्थ्यका लागि कति लाभदायी छ ?

अबका दिनमा तपाईको घरमा केहीगरी भात बच्यो भने त्यसलाई फ्याँक्नु वा जनावरलाई दिनुको साटो भाटाको भाँडामा भिजाएर रातभर राख्नुस । बिहानसम्म यो चामलकै अवस्थामा फर्कनेछ । तपाईलाई इच्छा भए यही चामल बनेको बासी भात काँचो प्याजका साथ बिहानको ब्रेकफास्टको रुपमा खान पनि सक्नु हुन्छ । भलै यो तपाईको फेवरेट ब्रेकफास्ट नहुन पनि सक्छ । तर बासी चामल यसरी खाँदा हुने फाइदाले तपाई आफै आश्चर्यमा पर्नुहुनेछ ।

१. बासी चामलको गुण चिसो हुन्छ । यदि तपाईले बताइएअनुसार दिनहुँ बासी भात खानुभयो भने यसबाट तपाईको शरीरको तापक्रम पनि नियन्त्रणमा रहनेछ ।

२. चामलमा भरपुर मात्रामा फाइबर्स हुने गर्दछ, जसले कब्जियतको समस्यामा फाइदा पुराउने गर्दछ ।

३. बासी भातले तपाईलाई दिनभर चुस्ततन्दुरुस्त बनाइराख्नेछ, यसबाट दिनभर काम गर्नका लागि इनर्जी पनि प्राप्त भइरहनेछ ।

४. तपाईलाई अल्सरको समस्या छ भने सातामा तीनदिन भासी चामलको भात खानुस्, यसबाट चाँडै तपाईको घाउ ठिक हुनेछ ।

५. यदि तपाईमा चिया वा कफीको लत छ भने बिहान उठेर बासी भात खानुभयो भने तपाईको त्यो लत केही दिनमै नियन्त्रण हुनेछ ।

६. एक अध्ययन अनुसार बासी चामलको भातमा माइक्रो–न्युट्रिएन्ट्स र अन्य कयौ आवश्यक मिनरल्स हुने गर्दछ । यस्तोमा हरेक दिन बिान चामलको बासी भात खानु दाभलायी हुनेछ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..