काठमाडौंमा लकडाउन खुकुलो नहुने!

काठमाडौं । सरकारले विभिन्न ठाँउको अवस्था हेरी लकडाउनबारे नयाँ मोडालिटि अपनाउँने भएको छ।

सोमबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समितिको २२ औं बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको छ।

अवस्था हेरेर अन्य ठाँउमा लकडाउन खुकुलो पार्नेबारे छलफल भएपनि काठमाडौँमा तत्काल खुकुलो नगर्न नगर्ने प्रस्ताव आएको छ।

समितिको बैकठमा कम जोखिम रहेका जिल्लाहरुमा लकडाउन खुकुलो पार्नेबारे पनि छलफल भएको छ।

समिति बैठकमा सोमबार छलफल भएपनि सरकारलाई अन्तिम सिफारिस दिन फेरि मंगलबार बैठक बस्ने छ।

मंगलबारको सिफारिसपछि मन्त्रिपरिषद् बैठकले अन्तिम निर्णय गर्ने छ।

बैठकले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई लकडाउनको मोडालिटी कस्तो बनाउने भनेर खाका तयार गर्न निर्देशन दिएको छ।

सरकारले पछिल्लो समय बढाएको लकडाउनको समयावधी बैसाख २५ गते सकिँदे छ। भोलिको बैठकले लकडाउन थप्नेबारे पनि निर्णय गर्ने छ।

One thought on “काठमाडौंमा लकडाउन खुकुलो नहुने!

Comments are closed.

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..