कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु, मृतक संख्या ३५ पुग्यो

कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु, मृतक संख्या ३५ पुग्यो 1

लण्डन । बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ ।

उहाँलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो । केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा मृत्यु भएको गोरखा प्यालेस रेष्टुरेन्टका सञ्चालक एवं समाजसेवी सूर्य गुरुङले जानकारी दिनुभयो ।

पर्वत चारभञ्याङमा जन्मनुभएका गुरुङ अध्ययन गर्ने रहर हुँदाहुँदै कक्षा ८ पढ्दै गर्दा गोरखा सैनिकमा भर्ती हुनुभएको थियो । पछि बीचैमा जागिर छाडेर नेपाल फर्कनुभएको थियो । उहाँले पुनः औपचारिक अध्ययन गरी विसं २०२७ मा एसएलसी उत्तीर्ण गर्नुभएको थियो ।

स्नातकोत्तरसम्म अध्ययन पूरा गर्नुभएका गुरुङले नेपालमा केही वर्ष शिक्षकका रूपमा पनि काम गर्नुभएको थियो ।

बेलायतमा असल समाजसेवीका रूपमा चिनिनुभएका गुरुङले थुप्रै सामाजिक काम गर्नुभएको थियो । उहाँकी श्रीमती, एक छोरी र दुई छोरा बेलायतको ननिटन भन्ने ठाउँमा बस्नुहुन्छ । गुरुङ आफू भने बेलायतकै अल्टरसटमा बस्दै आइरहनुभएको थियो । हालसम्म बेलायतमा कोरोनाका कारण ३५ नेपालीको निधन भइसकेको छ । – कृष्णप्रसाद शर्मा, रासस

Loading...

Leave a Reply

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..