स्वस्थ रहन कति घण्टा सुत्नु जरुरी छ, कुन उमेरकाले कति घण्टा सुत्ने ?

मानिसलाई स्वस्थ् रहन स्वस्थ खानाका साथसाथै पर्याप्त निदाउनु पनि जरुरी हुन्छ । तर, आजभोलिका कयौ मानिस पूरा निद्रा निदाउन पाउँदैनन्।

यसका कारण कयौ प्रकारका स्वास्थ्यसम्बन्धी समस्या सिर्जना हुन थाल्दछ।यदि यो एउटा बानी मात्रै सुधार गर्ने हो भने पनि कयौ प्रकारका रोग नियन्त्रण गर्न सकिन्छ ।

अमेरिकाको नेशनल स्लीप फाउन्डेशनको अध्ययन अनुसार उमेरको हिसावबाट हामी सबैको निद्रासम्बन्धी आवश्यकता अलग अलग हुने गर्दछ ।

यदि यसलाई ध्यानमा राख्ने हो भने हामी स्वयमलाई सधैं स्वस्थ राख्ने सक्नेछौ । यसो गर्दा शरीरमा हर्मोन्सहरुको सन्तुलन कायम रहन्छ, जसका कारण उच्च रक्तचाप, हृदयरोग र मुधुमेहजस्ता रोगको खतराबाट बच्न सकिन्छ । यहाँ हामीले उमेरका आधारमा मानिस कति घण्टा निदाउनु जरुरी छ भन्ने अध्ययनको नतिजा प्रस्तुत गरेका छौ ।

–० देखि ३ महिनाको शिशु–१४ देखि १७ घण्टा

–४ देखि ११ महिनाका शिशु–१२ देखि १५ घण्टा

–१ देखि २ वर्षका बच्चा–११ देखि १४ घण्टा

–३ देखि ५ वर्षका बच्चा–१० देखि १३ घण्टा

–६ देखि १३ वर्षका बच्चा–९ देखि ११ घण्टा

–१४ देखि १७ वर्षका बालबालिका–८ देखि १० घण्टा

–१८ देखि ६४ वर्षका मानिस–७ देखि ९ घण्टा

–६५ वर्षभन्दा माथिका व्यक्ति–७ देखि ८ घण्टा निदाउनु जरुरी छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..