बुटवलस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरमा भिषण आगलागी

बुटवल । बुटवल स्थित भाटभटेनी सपिङ कम्प्लेक्समा भिषण आगलागी भएको छ । बिहान ४ बजेबाट सूर भएको आगलागि यो समाचार तयार पार्दासम्म नियन्त्रणमा आउन सकेको छैन ।

कम्प्लेक्सको पाँचौ तलाको ईलेक्ट्रोनीक्स कक्षबाट सुरु भएको आगो क्रमस सबैतिर फैलन क्रम जारी छ । बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाको २ दमलले आगो निभाउने प्रयास जारी राखेपनि आगाो नियन्त्रणमा आउन सकेको छैन ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । आगलागी भएको केहीबेरमा नै उपमहानगरको दमकल घटनास्थल आएपनि भाटभटेनीका ब्यवस्थापनका कर्मचारी नभेटिएपछि निकैबेर दमकलका कर्मचारी अलमलमा परेका थिए ।

बिहान मर्निङ वाकमा निस्केका स्थानीयले भाटभटेनमा आगोको मुस्लोदेखे पछि प्रहरीलाई खबर गरिदिएका थिए ।

प्रदेश राजधानी बुटवलमा एकमात्र दमकल हुनु र बुटवल भैरहवाको सडक बर्षौदेखि बन्न नसक्नुले पनि समयमा दमकल घटनास्थल पुग्न नसक्दा आगलागी नियन्त्रण बाहिर गएको हो । आगलागि बढ्दै गएपछि वरीपरिका स्थानीयबासीहरु समेत त्रसित बनेका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..