थाहा पाइराख्नुस, यस्ता वेभसाइटमा ह्याकिङको खतरा रहन्छ

इन्टरनेटमा तपाईको डाटा सुरक्षित छैन । एउटा अध्ययनका अनुसार संसारमा सबैभन्दा बढी हेरिने करिब १ प्रतिशत वेभसाइटमा ह्याकिङको खतरा माडारिरहेको छ।

तपाईलाई मनपर्ने इन्टरनेट वेभसाइटमा तपाईको जानकारी निकै नै असुरक्षित सावित हुन सक्दछ । एउटा शोधका अनुसार इन्टरनेटमा सबैभन्दा हेरिने शीर्ष एक हजार वेभसाइटमध्ये हरेकक वर्ष १० वटा ह्याक हुने सम्भावना छ।

अमेरिकाको क्यालिफोर्नियाको सेन डियागो विश्वविद्यालयका प्राध्यापक तथा शोधका बरिष्ठ लेखक एलेक्स सी स्नोरेनले भने–कोही पनि यसबाट अछुतो छैन । न कम्पनी, न देश, यो हुँदैछ, बस प्रश्न यो हो कि कहिले हुनेछ ।

शोधका प्रथम लेखक डीलासियोका अनुसार एक प्रतिशत शायद बढी नलाग्न सक्छ, तर संसारमा इन्टरनेटमा लाखौ वेभसाइट छन्, जसको अर्थ यो हो कि हरेक वर्ष लाखौ वेभसाइट ह्याक हुन सक्छ । डीबलासियोले भने–ढुला पसलको एक प्रतिशत स्वामित्व अन्य कसैमा जानु डरलाग्दो हो।

वेभसाइट कहिले ह्याक हुन्छ भन्ने पत्ता लगाउन कम्प्युटर वैज्ञानिकहरुले एउटा उपकरण बनाएका छन् । र, त्यसको सफलतापूर्वक परीक्षण पनि गरेका छन् । यो उपकरण आफूसँग सम्बन्धित इमेल एकाउन्टको गतिविधिमा निगरानी गर्ने गर्दछ । टीमले लण्डनमा एसीएम इन्टरनेट मेजरमेन्ट कन्फ्रेन्समा उपकरण प्रस्तुत गरेको थियो । यो उपकरणको नाम ट्रिप वायर हो । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..