ल आँखाको रंग हेरेर मानिसको स्वभाव थाहा पाउनुस्

मानिसको आचरण एवं बानीबेहोरा उसको अंग हेरेर पनि थाहा पाउन सकिन्छ । अमेरिकी अनुसन्धानकर्ता डा. ग्लोवरका अनुसार यदि कुनै पुरुषको आँखा विरालोको जस्तो खैरो छ भने ऊ चलाख, अरुको कुरा सलिजै बुझ्न सक्ने, ध्यान दिएर कुरा सुन्ने तथा सहनशील हुन्छ । उनलाई आर्थिक वा सामाजिक दबावले कुनै असर गर्दैन ।

यदि कसैको आँखाको रंग खैरो छ भने त्यस्तो मानिसले कहिल्यै अरुलाई सहयोग गर्दैन । उसले अरुलाई उपदेश दिन मात्र जानेको हुन्छ । कालो आँखा भएको मानिसले सीमित समयमा समस्या समाधान गर्न सक्छ । यस्ता मानिसहरु तेजस्वी, नयाँ कुराको खोजी गर्ने तथा उत्सुक स्वभावका हुन्छन्।

नीलो आँखा भएको व्यक्ति असाधारण सहनशक्ति भएको हुन्छ तर उनीहरु बढी भावुक हुन्छन् ।एउटै काममा लागिरहन्छन् । त्यसको विपरीत कैलो आँखा भएको मानिस प्रशस्त खुसी वा सुखी हुन्छ ।यस्ता मानिस कल्पनाशील तथा दृढसंकल्पी हुन्छन्।

हल्का खैरो आँखा भएका मानिस लजालु एवं व्यक्तिवादी हुन्छन् भने काम गर्दा गाह्रो मान्ने र आदेश पालन गर्न नटेर्ने स्वभावका हुन्छन् ।

अति कालो आँखा भएका मानिस क्रोधी स्वभावका हुन्छन्।उनीहरुमा जस्तोसुकै परिस्थिति पनि सहन सक्ने स्वभाव हुन्छ । यस्ता मानिसहरु तत्काल र ठीक समयमा ठीक निर्णय गर्न सक्छन्।

जुन मानिसले कुरा गर्दा बढी आँखा झिमझिम पार्छ त्यस्ता मानिस विश्वास योग्य हुँदैनन् भन्नेपरम्परागत मान्यता छ ।एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..