बाटोमा बुरुक्क उफ्रिएर सीमा समस्या समाधान हुँदैन- प्रधानमन्त्री

प्रधानमन्त्री

काठमाडौँ । भारतले नेपाली भूमि प्रयोग गरी सडक उद्घाटन गरेपछि देशमा फैलिएको आक्रोशलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कटाक्ष गर्नुभएको छ।

भारतको विरोध गर्दै काठमाण्डूलगायत देशका विभिन्न भागमा विरोध जुलुस, पुत्ला दहन भइरहँदा प्रधानमन्त्री ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुने टिप्पणी गर्नुभएको हो।

मंगलबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बाटोमा बुरुक्क उफ्रिएर र आवेशमा आएर भारतसँगको सीमा विवादको समाधान नहुने भन्दै त्यसका लागि भारतसँग वार्ता गर्नुपर्ने बताउनुभएको थियो।

नेपाल भारत सीमा विवादका सम्बन्धमा बोल्दा जे पायो त्यहीँ नबोल्न भन्दै प्रधानमन्त्री ओलीले बोल्दा तथ्यपरक भएर कुरा बुझेर मात्रै बोल्न आग्रह गर्नुभएको एक मन्त्रीले बताउनुभयो।

पछिल्लो समय भूमिसुधार मन्त्री पद्मा अर्यालले मिडियामा आपत्तिजनक विषय बोलेको भन्दै सत्तारुढ नेकपाकै सांसदहरुले विरोध गरिरहेका छन्।

हालै भारतले धार्चुलादेखि नेपाली भूमि लिपुलेकसम्म जोड्ने सडक निर्माण गरी उद्घाटन समेत गरिसकेको छ। उक्त सडक मार्गबाट चीनको प्रसिद्ध मानसरोवर पुगिन्छ।

सीमा विवाद बढेसँगै नेपाल सरकारले वक्तव्य जारी गर्नुका साथै भारतीय राजदूतलाई बोलाएर कूटनीतिक नोट पनि पठाइसकेको छ। उसो त भारतले उक्त सडक भारतीय भूमिमै बनाएको र नेपालको भूभाग नमिचेको दावी गरिसकेको छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..