डान्समा चान्स मार्नुस्, डान्स गर्ने व्यक्तिलाई महिलाले किन बढी मन पराउँछन् ?

जुन मानिसले राम्रो डान्स गर्दछ त्यस्ता व्यक्तिलाई महिलाहरुले अधिक बढी मन पराउने गर्दछन् । तर, आखिर यस्तो किन हुन्छ ः बैज्ञानिकहरुले यसै विषयमा शोध गरेर यसको उत्तर पत्ता लगाएका छन् ।

यो शोध नांर्थबिया युनिभर्सिटीका बैज्ञानिकहरुले गरेका हुन् । यो शोध रोयल सोसाइटी जर्नलमा प्रकाशित छ।

युनिभर्सिटीका अनुसार डान्स स्टेपमा बैज्ञानिक तरिकाले पहिलो पटक शोध गरिएको हो जसबाट पुरुषको डान्समा कुन कुरा छ जुन महिलालाई आकर्षित गर्दछ भन्ने थाहा हुन्छ।

शोधका अनुसार जुन पुरुषले डान्स स्टेप राम्रो गर्दछन् त्यस्ता पुरुषप्रति महिला यसकारण आकर्षित हुन्छन् कि डान्सको स्टेप राम्रो गर्नु स्वास्थ्य रहनुको चिन्ह हो । यसका साथै पुरुषको प्रजनन क्षमता पनि बढी हुने मानिन्छ।

यद्यपि शोधकर्ताहरुले युवाहरुलाई प्रयोगशालामा मात्रै नाच्न भनेका छन् । नृत्यका लागि संगीत निकै साधारण थियो । ढोलको संगीतमा युवाहरुको नृत्य रेकर्ड गरेर महिलाहरुको समूहलाई देखाइयो । ती महिलाहरुले उनीहरुलाई १ देखि ७ को बीचको नम्बर दिए।

शोधकर्ताहरुले शोध गर्नुअघि महिलाहरुले जुन नम्बर दिनेछन् त्यो युवाहरुको हात र खुट्टा चलाउने तरिका हेरेर दिने सोचेका थिए किनभने यो शरीरको त्यो भाग हो जसले मनको भाव प्रदर्शन गर्दछ। तर महिलाहरुले अंक शोधकर्ताहरुको सोचसँग मेला खाएको थिएन ।

महिलाहरुले युवाहरुको नाचको मुल शरीरको भाव हेरेर मुल्याङ्कन गरेका थिए, जस्तो कि कम्मर, टाउको । यसका साथै सबैभन्दा बढी नम्बर त्यसलाई दिइयो जसले फरक फरक प्रकारको स्टेप गरेका थिए । तर महिलाहरुले कसैको बिना कारण शरीरलाई आवश्यकताभन्दा बढी हल्लाउने वा एकै प्रकार दोहो¥याउनु पटक्कै मन पराएनन् ।

यसप्रकारको डान्सलाई शोधकर्ताहरुले ‘डैड डान्सिङ्ग’ नाम दिए अर्थात पिताले झै नाच्नु । शोधकर्ताहरुले यस शोधमा पाए कि राम्रो डान्स प्रदर्शन त्यस्ले गर्न सक्दछ जो तनमनदेखि नै स्वास्थ्य छ। बीबीसी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..