
अफिसबाट श्रीमतिलाई फोन गर्दै, डारलिङ्ग, आज बेलुका लक्ष्मण मसँग डिनरको लागि आउँदैछ है ।
श्रीमति : हैन, हजुर पागल त होईबक्स्या छैन ? एक हफ्तादेखिको फोहोर, जुठो भाँडा त्यतिकै छ, सपिङ्ग केही गरेको छैन, कपडा सबै फोहोर छ, यतिसम्म कि डाइनिङ्ग टेवलभरि सामानको पसारो छ ।
श्रीमान : मलाई थाहा छ, डारलिङ्ग ।
श्रीमति : त्यसो भए किन बोलाएको त, बिजोग देखाउन ?
श्रीमान : होइन, उ विवाह गर्ने कुरामा दोधार हुँदैछ, क्या ।
०००
अति नै मेहेन्ती र लगनसिल हुँदाहुँदै पनि आफ्ना हाकिमद्वारा सधै सताइएका रामदेखि भगवानलाई दया जागेछ । अनि एक दिन उनी रामको अगाडि प्रकट भई “तिम्रो मेहनतदेखि म अतिनै प्रसन्न छु , र तिमीलाई बरदान दिन चाहन्छु , तर एउटा बाध्यता के छ भने तिमीलाई समय सुहाउँंदो ३ चीज मात्र दिन सक्छु , त्यसमध्येको तेस्रो चीज चाहिँ तिम्रो हाकिमले त्यसको डब्बल प्राप्त गर्ने छ, अब भन वर, तिमी के चाहन्छौ ?
भगवान: एक नम्बरमा ?
राम : १ करोड रुपैयाँ ।
भगवान : दोस्रो ?
राम : काठमाडौंको सेन्टरमा एउटा ठूलो घर र पेजेरो ।
भगवान : अनि तेस्रो नि ?
राम : धेरै सोचेपछि रामले भने, म मेरो एउटा मिर्गाैला दान गर्न चाहन्छु ।
०००
डाक्टर : भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो …
रोगी : किन डाक्टर सा’प ?
डाक्टर : हातमा लाउने पञ्जा भित्रै छुटेछ …
रोगी : कति लोभी हुनुपरेको हजुरलाई ? लौ, लिनोस् पैंसा । बरु नयाँ पञ्जा किन्नुस् ।