ब्राजिलमा कोरोना भाइरसको संक्रमणले २० हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले २० हजारभन्दा बढीको मृत्यु 1

काठमाडौं – साढे चार महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २० हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार १५३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २० हजार ४७ पुगेको छ ।

एकै दिन १६ हजार ७३० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ३ लाख १० हजार ८७ पुगेको छ ।

१ लाख ६४ हजार ८० जनाको उपचार भइरहेको छ भने १ लाख २५ हजार ९६० जना संक्रमण मुक्त भएका छन् ।

Loading...

Leave a Reply

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..