कुनै बेला नेपालमा बाख्रा चराउने जितुले भारतका लागि पदक दिलाएर यसरी चम्किए

भारतीय निशानेवाज जीतु राईले अस्ट्रेलियाको गोल्डकोस्टमा १० मिटर एयर पिस्टल स्पर्धामा नयाँ रेकर्डका साथ गोल्ड मेडल जितेका छन्।
जितुले २३५.१ अंकका साथ पहिलो स्थान हासिल गरेका हुन् । योसँगै उनले भारतलाई स्वर्ण पदक दिलाएका छन् । भारतकै मिठरवालले २१४.३ अंकका साथ काँस्य पदक जितेका छन् । यो स्पर्धामा रजत पदक अस्ट्रेलियाका कैरी बेलले जिते ।

जीतु राईको कथा

जीतु राई जसलाई अहिले संसारभर पिस्टल किंग भनिन्छ, जुन हातले निशानेवादीमा ठुलाठुला मेडल जितेको छ, १२ वर्षअघिसम्म त्यो हात नेपालको एउटा सानो गाउँमा मकै र आलु उत्पादनमा व्यस्त रहन्थ्यो ।

जीतुको शुटिंगसँग कुनै टाढाको ताना पनि थिएन । घर नजिकैको गोठमा भैसी र बाख्राका साथ उनको समय बित्ने गर्दथ्यो ।

नेपालको संखुवासभाको एउटा गाउँमा जीतुको जन्मेका जीतुका पिता भारतीय सेनामा थिए, जसले चीन र पाकिस्तानविरुद्धको लडाईमा पनि भाग लिएका थिए। २० वर्षको उमेरमा जीतु पनि भारतीय सेनामा भर्ती भए, यसो भनौ कि भाग्यलाई यहाँ ल्यायो । जन्मले नेपाली जीतु बेलायती सेनामा भर्ना हुन चाहन्थे ।

लामो कोशिस पनि गरे । गोरखा रेजिमेन्टका लागि बेलायती फौजमा भर्नाका लागि हरेक वर्ष नेपालमा भर्ना खुल्दा उनी सधैं सहभागी भए ।

कुरा २००६–०७ को हो । जब जीतु बेलायती फौजमा भर्ना हुनका लागि गए, तब त्यहाँ भारतीय सेनाको क्याम्पमा भर्ना फारम भराइँदै थियो। जबकि बेलायती फौजको रजिस्ट्रेशनमा पनि समय थियो । जीतुले भारतीय सेनामा भर्ना हुनका लागि निवेदन दिए । यसअघि बेलायती सेनामा कुरा अघि बढ्न नपाउँदै उनी भारतीय सेनाका लागि चयन भए।

एउटा सन्धीअन्तर्गत गोरखा रेजिमेन्ट सैनिक भारतीय सेनामा भर्ना गर्ने गरिन्छ । तर लखनउमा सैन्य शिविरमा हरँदा जीतुलाई शुटिङमा कुनै रुची थिएन, यद्यपि उनको निशाना राम्रो थियो ।

यो देखेर उनका सैनिक अधिकारीहरुले जितुलाई मऊको आर्मी मार्कसेन युनिटमा पठाए । तर लगातार दुई वर्ष नायब सुबेदार जितु रायलाई फेल गरेर फिर्ता पठाइयो । यहीबाट जितुको कथामा ट्वीस्ट आयो । उनले निशानेवाजीमा कडा मेहन गर्न सुरु गरे ।

भारतीय सेनामा रहँदा सन् २०१३ मा जितु अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन थाले र एक वर्षभित्रमै उनी संसारभर छाए ।

लखनउलाई आफ्नो बेस बनाएका जितुले सन् २०१४ मा कमनवेल्थ गेम्समा ५० मिटर फिस्टल वर्गमा गोल्ड मेडल जिते । २०१४ को एसियन गेम्समा पनि भारतलाई उनले पहिलो स्वर्ण पदक दिएका थिए ।

२०१४ मै जितुले शुटिङमा ९ दिनभित्र ३ वर्ल्डकप मेडल जितेर रेकर्ड बनाएका थिए । जसमा १०मिटर एयर पिस्टलमा गोल्ड र ५० मिटर एयर पिस्टलमा रजत समावेश थियो ।

तर सबै कुरा सधैं सजिलो थिएन । २०१६ मा ओलम्पिकमा पदक जित्न नसक्नु उनको करिअरको पहिलो लो प्वाइन्ट रह्यो, किनभने ओलम्पिकमा मेडल जित्ने जितुको सपना थियो ।

तर जितुले २०१८ मा राम्रो वापसी गरे । यो वर्ष मेक्सिकोमा भएको वर्ल्ड कपमा जितुले काँस्य पदक जिते । त्यसो त वर्षौसम्म जितुका परिवारजनलाई थाहा पनि थिएन कि उनको छोरा संसारभरमा पदक जितिरहेको छ।

जब जितुले अर्जुन पुरस्कार पाए र आमा दिल्ली पुगिन् तब उनलाई महशुस भयो कि जितु कति ठुलो खेलाडी बनिसकेका छन् ।

कुनै बेला जितु जब आफ्नो घर विदामा आउँथे तब आफ्नो गाउँ पुग्नका लागि उनले कयौ दिनको समय लाग्दथ्यो । पहिला दार्जलिङमा बागडोगरासम्म उनी रेलमा जान्थे, गाउँसम्म पुग्नका लागि करिब दुई तीन दिनको समय लाग्थ्यो । तर अब जितु फ्लाइट लिएर गाउँ जान्छन्, यद्यपि गाउँमा अहिले पनि हिडेरै जानुपर्छ ।

झण्डै चार वर्ष पहिला उनको गाउँमा बिजुली पुगेको छ। यसअघि गाउँमा बिजुलीको उज्यालो कसैले पनि देखेका थिएनन् । तर त्यही गाउँको युवकले अहिले संसारभर आफ्नो नाम चम्काएका छन् ।

शुटिङभन्दा पर जितु अहिले पनि बाल्यकालकै जस्तो भलिबल खेल्न रुचाउँछन् । साथै उनलाई अमिर खानको चलचित्र पनि हेर्छन् । बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..