नायिका बर्षा राउतको सामाजिक संजालमा चर्को आलोचना

नायिका बर्षा राउतको सामाजिक संजालमा चर्को आलोचना 1

यतिबेला नायिका बर्षा राउतको एउटा भिडियो क्लिप विवादमा छ ।
नेपाल र भारतबीच उत्पन्न सीमा विवादका सन्दर्भमा उनको अभिव्यक्तिले आफै विवादमा मुछिएकी छन् ।

भिडियो क्लीपमा वर्षाले भनेकीछन् ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन् ।’

‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरुले मसित कसरी फेस गर्ने भइरहेको छ ।’

नायिका बर्षाको यो अभिव्यक्ति आलोचित बनेको छ ।

नायिका बर्षाले नेपाली र भारतीय पत्रकारले झगडा पारिरहेको भनेर दुवैलाई एउटै रुपमा तुलना गरेकी छन । नेपाली सञ्चारमाध्यमले तर्कमा उभिएर प्रश्न गरिरहेका छन् भने भारतीय सञ्चारमाध्यले गालीगलौज मात्रै गरिरहेका छन् ।

यता नायिका मनिषा कोईरालाले भारतमा अफ्ना फ्यान फलोअर्सको जमात हुदाहुदै आफ्नो मातृभुमिको सिमानाको बारेमा नेपालको पक्षमा आवाज उठाईरहंदा नायिका बर्षाले भने भारतमा रहेका साथीहरुको चिन्ता गरीन र पत्रकारहरुले नेपाल र भारतको झगडा गराईदिएको भन्दै । नायिका बर्षा राउतले अपरिपक्व अभिब्यक्ति सदंदा यतिबेला विवादमा रहेकी छन् अब उनको स्पष्टिकरण के आउंछ आउंछ आउदैन प्रतिक्षा गरीरहेका छन् ।

Loading...

One thought on “नायिका बर्षा राउतको सामाजिक संजालमा चर्को आलोचना

Comments are closed.

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..