अस्पताल आएका महिलालाई डाक्टरले आफ्नै स्पर्मबाट गर्भवती बनाए, ५० बढी मुद्दा दर्ता

क्यानडाका एउटा प्रजनन डक्टरमाथि गर्भाधानका लागि आफ्नै वा अपरिचित स्पर्श (वीर्य) प्रयोग गरेको विषयमा दर्जनौले मुद्दा हालेका छन् ।

डक्टर नोरमान ब्राविनमाथि गत वर्ष नोभेम्बरमा मुद्दा दर्ता गराइएको थियो । एउटा डीएनए परीक्षणबाट थाहा भएको थियो कि नोरमानले आफ्नै विरामीकी छोरीका पिता हुन् ।

यसका साथै अन्य ११ जनाले पनि नोरमान नै उनीहरुको सन्तानको जैविक पिता भएको दावी गरेका छन् । नोरमानविरुद्ध ५० जनाको एउटा समूहले उजुरी दर्ता गराएका छन् कि उनीहरुको सन्तानको डीएनए त्यो स्पर्म (वीर्य)भन्दा फरक छ, जुन उनीहरुले चुनेका थिए । डाक्टरविरुद्ध यस्तो गुनासो १९७० को दशकसम्म गइरहेको छ।

यो मामिला दुई फर्टिलिटी क्लिनिकको हो–ओटावा र ओन्टारियो । डा. ब्राविनका वकिल केराँन हैमवेले नयाँ आरोपमाथि टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

डीएनए परीक्षण जुन ११ जना फर्टिलिटी क्लिनि गएका थिए, उनीहरुले आफ्नो सन्तानको डीएनए टेस्ट गराउँदा गर्भाधानमा डाक्टरले आफ्नै वा कुनै अरुकै स्पर्म प्रयोग गरेको थाहा पाएका थिए ।

एउटा अर्को घटनाबाट थाहा भएको थयो कि अन्य १६ जनाले उजुरी गरेका छन् कि उनीहरुले डीएनए टेस्ट गराउँदा आफ्नो सन्तानको जैविक पिता कुनै अरु नै भएको थाहा पाएका थिए । यद्यपि वकिलका अनुसार उनीहरुका जैविक पिताका बारेमा केही थाहा छैन ।

यसका साथै यो घटना त्यतिबेला सार्वजनिक भएको थियो, जतिबेला डेनियल र डेविना डिक्सनका साथ उनको छोरी रिबेकाको डीएनए टेस्टा गराउँदा उनी छोरीको जैविक पिता स्वयम डाक्टर नोरमान भएको थाहा भयो ।

यो परिवारले १९८९ मा डाक्टर नोरमानबाट गर्भाधानका लागि सम्पर्क गरेका थिए । र, त्यसको ठिक एक वर्षपछि रिबेकाको जन्म भएको थियो । डेविनालाई शंका रिबेकाको आँखीभौंबाट भयो किनभने डिक्सनको आँखा नीलो छ । बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..