रौतहटमा हावाहुरीसहित चट्याङ, १ जनाको मृत्यु

रौतहटमा हावाहुरीसहित चट्याङ, १ जनाको मृत्यु 1

आइतबार साँझ हावाहुरीसहित आएको चट्याङमा परेर रौतहटमा १ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा मलहापुर नगरपालिका-८ सर्नियाटोलका ४५ वर्षीय राजकुमार बैठा रहेका छन् ।

बैठाको शव परीक्षणका लागि जिल्ला अस्पताल गौरमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए ।

हावाहुरी र चट्याङले अन्य के कति क्षति भयो यकिन हुन सकेको छैन ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..