वर्षा राउतलाई गरेकाे म्यासेज र कमेन्ट वर्षा सिवाकोटीलाई परेपछि…

वर्षा राउतलाई गरेकाे म्यासेज र कमेन्ट वर्षा सिवाकोटीलाई परेपछि… 1

काठमाडौं । नेपाल–भारत सीमाबारे बोल्ने क्रममा विवादमा मुछिएकी नायिका वर्षा राउतलाई सामाजिक सञ्जाल फेसबुकमा अरुले म्यासेज र कमेन्ट गर्दा अर्की नायिका वर्षा सिवाकोटीलाई परेको छ ।

यतिबेला नायिका सिवाकोटीलाई यस्ताे परेपछि उनले आफूलाई मेसेज पठाउन र कमेन्ट गर्नुअघि नाम र थर हेरिदिन सबैलाई आग्रह गरेकी छन् । उनले सोमबार आफ्नो आधिकारिक फेसबुक एकाउन्टमा स्टाटस लेखेर सो आग्रह गरेकी हुन् ।

उनले लेखेकी छन्, ‘नमस्ते म वर्षा सिवाकोटी, धन्यवाद १ मेसेज पठाउनु र कमेन्ट गर्नुअघि नाम थर हेर्ने कष्ट गरिदिनु होला ।’ उनको यो पोस्टमा धेरैले कमेन्ट गरेका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..