सार्वजनिक विदा कटौतिको विरोधमा आदिवासी जनजाति आन्दोलनमा

काठमाडौ । सरकारले बिभिन्न सांस्कृतिक पर्वहरुमा सार्वजनिक बिदा कटौति गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ आन्दोलित भएको छ ।

सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै महासंघले नेपालका आदिवासी जनजाती समुदायले लामो समयदेखि मनाउदै आएको सांस्कृतिक पर्वहरुको बिदा खारेजी गरिएको भन्दै पहिलो चरणको आन्दोलनको घोषणा गरेको हो ।

त्यस्तै महासंघले आदिवासी जनजाती लगाएत उत्पीडन बर्ग समूदायले उठाउदै आएका सवालहरुलाई सम्बोधन गर्न अविलम्व संबिधान संसोधन हुनुपर्ने माग अघि सारेको छ । संबिधानको धारा ५६ को ५ अनुसार राजनीतिक अधिकार सहित बिशेष संरक्षित र स्वायत्त क्षेत्र तुरुन्त गठन गर्न पनि महासंघले माग गरेको छ ।

सडक विस्तारको नाममा बिनास गर्ने कार्य रोकिनुपर्ने , गाईको मासु सेवनका लागी सरकारले मान्यता दिनुपर्ने , पहिचान जनित आन्दोलनमा जेल जीवन बिताईरहेका बन्दीहरुलाई क्षतिपूर्ति सहित रिहाई गर्नुपर्ने मागपनि महासंघको छ । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष जगत वहादुर बरामले आफुहरुको माग सम्बोधन नभए दोश्रो चरणको आन्दोल घोषणा गर्ने चेतावनी दिनुभयो । उहाले सरकारले आफुहरुको सास्कृतिक अधिकारमाथि हस्तक्षेप गरेको आरोप पनि लगाउनुभयो ।

महासंघद्धारा चैत्र २७ देखि बैशाख २२ गते सम्मको घोषित आन्दोलनमा प्रधानमन्त्री सहित सातै प्रदेशका मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाउने , व्यानर सहित धर्ना दिने कोणसभा गर्ने , अन्तरक्रियात्मक कार्यक्रम गर्ने लगाएतका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..