हावाहुरीले दक्षिण ललितपुरमा मच्चायो ताण्डव, दर्जनौ घर र तरकारी नष्ट

हावाहुरीले दक्षिण ललितपुरमा मच्चायो ताण्डव, दर्जनौ घर र तरकारी नष्ट 1

ललितपुर । मंगलबार दिउँसो आएको हावाहुरीले दक्षिण ललितपुरमा ताण्डव मच्चाएको छ। हावाहुरीले दर्जनौ घरमा छाना उडाएका, तरकारीको टनेल र बिजुलीको पोल ढालेका छन् ।

बागमती गाउँपालिकाका घुसेल मा्ल्टा आश्राङ, प्युटार, गिम्दी ईकुडोल लगायतका क्षेत्रमा साँझ आएको ठुलो हावाहुरीले जनजीवन कष्ठकर बनेको हो । गिम्दीका स्थानीय कृष्ण बलका अनुसार यो विगत २५र३० वर्षयताकै ठुलो हुरीको प्रकोप हो ।

प्रकोपबाट गिम्दीको केही ठाउँमा घर ८ ओटा टहराहरू पूर्णरुपमा क्षति भएकका छन् । यसैगरी बागमती( ४का स्थानीय बलका अनुसार टहरा, गोठ, मकैका बोटहरू पूर्णरुपमा ढलेका छन् । घटनाबाट कुनै मानवीय र चौपायाको क्षति भने नभएको छैन।

विशेष गरी महाँकाल गाउँपालिका र बागमती गाउँपालिकाको सीमावर्ती क्षेत्रमा बढी क्षति भएको जनाइएका छन् । उक्त हावाहुरीका कारण दक्षिण ललितपुरको अधिकांश क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..