रितिकाको सारीको छेउ बजारमा

काठमाडौं । गायिका रितिका जिरेलको नयाँ आधुनिक सारीको छेउ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। जिरेलको आवाजमा रहेको यस गीतलाई संगीत पनि उनैले दिएकी छिन् भने शब्द पनि उनको नै रहेको सार्बजनिक गीतलाई इन्द्र जिसिले एरेञ्ज गरेका छन् ।

टी टाइम म्यूजिको यूट्युव च्यानलबाट सार्बजनिक भएको यस गीतको भिडियोलाई टंक केसीले खिचेका हुन् भने मदा खड्काले निर्देशन गरेका छन् ।

रमाइलो गर्दा सारी मिलाए देउन भन्ने शव्दलाई सर्जकले गीतमा उतारेका छन् । उक्त गीतको भिडियोमा गायिका रितिकासँगै हाँस्य कलाकार भिम केसी,ऋृतु लामा, रुख्मिला, समिक्षा, सनाया र रमिताले अभिनय गरेका छन् भने सम्पादन विकास ज्ञवालीले गरेका छन् ।गायक सँगसगै मोडलिङमा पनि आगामी दिनमा आफुलाई स्थापित गर्ने चाहना रहेको गायिका बताउँछिन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..