तीन दिनको मौसम अनुमानः मेघगर्जनसहित वर्षा, सचेत रहन आग्रह

तीन दिनको मौसम अनुमानः मेघगर्जनसहित वर्षा, सचेत रहन आग्रह 1

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ, नेपालको पुर्वी भू–भाग नजिकै निम्न चापीय रेखा रहेको छ र स्थानीय वायुको पनि प्रभाव रहेको छ।

महाशाखाका अनुसार हाल देशको पश्चिमी भू–भाग लगायत मध्य तथा पुर्वी पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको केहि भू–भागहरुमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

जेठ १६ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पुर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पुर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १७ गते (शनिबार)

दिउँसोः देशको पुर्वी र पश्चिमी भू-भाग लगायत मध्य पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पुर्वी भू-भाग लगायत पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।देशका पहाडी भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १८ गते (आइतबार)

दिउँसोः देशको पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।पहाडी भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू-भागहरुमा सामान्य बदली साथै मध्य तथा पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..