गृह मन्त्रालयकाे बजेट गत वर्षकाे भन्दा बढी, रक्षाकाे गत वर्षकै हाराहारीमा

बजेट

सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा रक्षा मन्त्रालयलाई चालू आवकै हाराहारीमा र गृह मन्त्रालयलाई चालू आवकाे भन्दा बढी बजेट विनियाेजन गरेकाे छ । आगामी आवका लागि सरकारले रक्षा मन्त्रालयलाई ५० अर्ब २५ कराेड ८६ लाख र गृह मन्त्रालयलाई १ खर्ब ३५ अर्ब ८९ कराेड ८३ लाख बजेट विनियाेजन गरेकाे छ ।

सरकारले चालू आवकाे तुलनामा गृहका लागि १९ कराेडभन्दा बढी रकम उपलब्ध गराएकाे हाे । चालू आवमा गृह मन्त्रालयलाई सरकारले १ खर्ब ३५ अर्ब ५९ कराेड ३४ लाख बजेट विनियाेजन गरेकाे थियाे । त्यस्तै, रक्षा मन्त्रालयलाई चालू आवमा ५० अर्ब २७ कराेड ११ लाख बजेट विनियाेजन गरेकाे थियाे । चालू आवकाे तुलनामा आगामी आवका लागि सरकारले रक्षालाई २ कराेड कम बजेट दिएकाे छ ।

त्यस्तै, अघिल्लाे वर्षकाे जस्तै याे वर्ष पनि सरकारले अभियोजनकर्ता र अनुसन्धानकर्तालाई आवश्यक तालिम दिने घोषणा दोहोर्‍याएको छ ।

त्यस्तै, सबै नेपालीको वायोमेट्रिक परिचयपत्र बनाउने घोषणा गरेको छ, जुन गत वर्ष पनि उद्घोष भएकाे थियाे । त्यस्तै, यस वर्ष सुरक्षा निकायका कर्मचारीको तलब वृद्धि भने गरेकाे छैन ।

गत वर्ष सुरक्षा निकायका राजपत्रअनङ्कित श्रेणीका लागि २० प्रतिशत र राजपत्राङ्कित श्रेणीका लागि १८ प्रतिशत तलब वृद्धि गरेको थियो । याे वर्ष काेराेना भाइरस नियन्त्रमा खटिएका सुरक्षाकमर्मीलाई भने छुट्टै भत्ता उपलब्ध गराउने जनाएकाे छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..