जेठ २० पछीकाे लकडाउन यस्ताे माेडालिटिकाे हुने…

जेठ २० पछीकाे लकडाउन यस्ताे माेडालिटिकाे हुने... 1

सरकारले कम्तिमा जेठभर लकडाउन थप्ने संकेत गरिसकेको छ । २० जेठमा लकडाउनको अर्को चरण शुरु हुने निश्चितप्रायः छ । तर, यसपटक लकडाउनको नयाँ मोडालिटी रहने बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दा नयाँ मोडालिटीमा कोरोना भाइरसविरुद्धको संघर्षमा जाने बताएका थिए । उनले उद्दोगहरु खुल्न दिने र निर्माणका कार्य गर्न छुट दिइने उल्लेख गरेका थिए ।

कोरोनाविरुद्धको लडाईं लामो हुने भन्दै संघर्ष र आर्थिक गतिविधि सुरक्षाको उपाय अपनाएर गरिने बताएका थिए । विश्वस्त स्रोतका अनुसार सरकारले सार्वजनिक यातायात र शैक्षिक संस्था अझै केही समय बन्द गर्नेछ । तर, शैक्षिक कार्यक्रमको विकल्पका रुपमा अनलाइन र दुर शिक्षा शुरु गर्ने तयारी गरेको छ । यसका लागि शिक्षा मन्त्रालय लागिपरेको छ । उद्दोगहरु संचालन हुनेछन् ।

त्यसका लागि भने सम्बन्धित उद्दोगीले सुरक्षाको वातावरण मिलाउनुपर्नेछ । कृषि कार्य गर्न छुट नै छ विशेषगरी विदेशमा रहेका अलपत्र नेपालीको उद्धार गरी रोजगारीमा लगाउने सरकारको तयारी छ । उनीहरुलाई निर्माण क्षेत्रमा लगाउने तयारीका साथ सरकार लागेको छ । कोरोनाविरुद्धको लडाईंमा निर्माण कार्यलाई गति दिने सरकारको तयारी देखिएको छ । गोरवका आयोजना र ठुला आयोजनाहरुले पनि गति लिनेछन् । देशमा कोरोना भाइरसको संक्रमण निकै बढ्न थालेपनि लकडाउनले जनताको दैनिक जीवन नै मुश्किल भएपछि सरकारले आर्थिक गतिविधि निश्चित मापदण्ड तोकेर गर्न दिन लागेको हो ।

अस्पतालहरु कोरोना संक्रमितले भरिदै गएपछि सरकारले घरमै आइशोलेशनमा रहने गरी व्यवस्था समेत गर्न लागेको छ । युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउन लाग्छु : कार्यकारी उपाध्यक्ष ढुङ्गेल राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष ढुङ्गेलद्वारा पदभार ग्रहण काठमाडौं : राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुङ्गेलले पदभार ग्रहण गरेका छन्। शुक्रबार युवा तथा खेलकूदमन्त्री एवम् परिषद्का अध्यक्ष जगतबहादुर विश्वकर्माले पद तथा गोपनीयताको सपथ खुवाएपछि परिषद्को कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

सपथग्रहण समारोहमा मन्त्री विश्वकर्माले युवालाई उद्यमशील बनाई मुलुकलाई समृद्ध बनाउनुपर्ने बताए। उनले युवाका मुद्दालाई यथोचित सम्बोधन गर्ने एउटा विकास र समृद्धिको मेरुदण्डको रुपमा समृद्ध नेपाल र सुखी नेपाली अभियानमा युवा परिचालित गर्ने चुनौती रहेको भन्दै यसलाई पूरा गर्नुपर्ने धारणा राखे। त्यस्तै कार्यकारी उपाध्यक्ष ढुङ्गेलले युवालाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए। उनले आफ्ना पुराना कामलाई निरन्तरता दिँदै थप युवाका विभिन्न काममा निरन्तर रहने धारणा राखे।

गत जेठ १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई चार वर्षका लागि सो पदमा नियुक्त गरेको हो। यसअघि उनी विसं २०७२ फागुन १९ गते चार वर्षका लागि नियुक्त भएका थिए। उनको कार्यकाल गत फागुन १८ गते सकिएपछि परिषद्का कार्यकारी उपाध्यक्षको पद खाली रहेको थियो। अघिल्लो कार्यकालमा ढुङ्गेलले ७५ जिल्लामा युवाको नेतृत्वको विकासका लागि एउटा सङ्घीय, सात प्रदेश, ७७ जिल्ला र ९१ स्थानीय तह नमूना युवा संसद्, युवालाई उद्यमतिर आकर्षित गर्नका लागि बिना धितो ऋण उपलब्ध गराउने युवा उद्यम कार्यक्रम,

शैक्षिक प्रमाणपत्र आधारमा उद्योगमका लागि ऋण उपलब्ध गराउने कार्यक्रम ल्याएका थिए। मुलुकमा ४०.३६ प्रतिशत जनसङ्ख्या युवा रहेका छन्। रामेछापमा जन्मिएएका ढुङ्गेल तत्कालीन नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्षसमेत थिए। सरकारले विसं २०७२ मा युवा क्षेत्रमा काम गर्ने भनेर परिषद् गठन गरेको थियो। रासस

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..