हृदयघातका कारण कोरियामा एक नेपाली महिलाको मृत्यु

हृदयघातका कारण कोरियामा एक नेपाली महिलाको मृत्यु 1

कास्की, पोखरा घर भई हाल दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय गर्दै आएकी सबी भण्डारीको हृदयघातका कारण बिहीबार मृत्यु भएको छ।

भण्डारीले १० वर्षअघि कोरिया आई छुङ्जु शहरमा आफ्ना पतिका साथ पोखरेली भारतीय नेपाली रेष्टुरेण्ट सञ्चालन गर्दै आएकी थिइन्।

घटनाबारे सउलस्थित नेपाली राजदूतावासमा जानकारी आए पनि औपचारिक रूपमा थाहा भइनसकेको श्रमसहचारी डिल्लीराम बाँस्तोलाले बताए।

केही दिनयता कोरियामा नेपालीको मृत्यु हुने क्रम लगातार जस्तै देखिएको छ।

गत सोमबार मात्रै धादिङकी मैती तामाङको आफ्नो कार्यस्थलमा एक तलामाथिबाट लडेर उपचारका क्रममा मृत्यु भएको थियो।

त्यस्तै दुई साता अगाडि स्याङ्जाका खड्गबहादुर थापा सुतेकै अवस्थामा मृत फेला परेका थिए।

थापाको शव नेपाल लाने अवस्था नभएपछि गत आइतबार कोरियामै अन्तिम संस्कार गरिएको थियो। रासस

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..