​भारतीय समूह जबर्जस्ती गर्दै नेपाल छिर्न खोजेपछि हवाई फायर….

​भारतीय समूह जबर्जस्ती गर्दै नेपाल छिर्न खोजेपछि हवाई फायर.... 1

काठमाडौं । भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको थियो ।

सो समूहले हुलहुज्जत गरी हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएको र स्थिति सामान्य बनेको सशस्त्र प्रहरीले जनाएको छ ।

सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा बीओपी सिमराको टोली खटाइएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..