बाजुरामा कोरोनाबाट दुई वर्षीया बालिकाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

बाजुरामा कोरोनाबाट दुई वर्षीया बालिकाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो 1

काठमाडौं । सुदूरपश्चिममा पहिलो पटक कोरोना भाइरस संक्रमणबाट दुई वर्षीया बालिकाको ज्यान गएको छ।

बाजुराको बुढिगंगा नगरपालिका–१ की २ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको हो। भारतबाट फर्किएर जिल्ला अस्पतालको आइसोलेसनमा रहेकी बालिकाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालमा परीक्षणका क्रममा बालिकामा कोरोना पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय स्रोतले जनाएको छ।

यस्तै मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना देखिएको छ। संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ। बुवाको रिर्पोट भने नेगेटिभ आएको छ।

मृतक बालिका, आमा र बुवालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो। तीनै जनाको स्वाब धनगढी पठाइएको थिया।

८ दिन अगाडि उनको परिवार भारतबाट आएका थिए। भारतबाट आएपछि सबैलाई बुढीगंगा नगरपालिकाको क्वारेनटाइनमा राखिएको थियो। दुई वर्षीया बालिकाको मृत्युसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । यसअघि दैलेख, सिन्धुपाल्चोक, गुल्मी, बाँके, ललितपुर, पर्सा र अर्घाखाँचीमा एक–एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..