भारतमा स्कुल बस दुर्घटना, २७ को मृत्यु

काठमाडौं, चैत २७ – भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना हुँदा २७ जनाको ज्यान गएको छ ।

काँगडा जिल्लाको नुररपुरमा वंजिर राम सिंह मेमोरियल पब्लिक हाई स्कूलको बस दुर्घटना धेरै बालबालिकाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा २३ बालबालिका, दुई शिक्षक, चालक र एक महिला रहेको पुष्टि भएको छ ।

स्कुल बिदा भएपछि ६० जना विद्यार्थीलाई घर छोड्न गएको बस दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुलेको छैन । घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..