यस्ता रहेछन् पिसाव रोक्दा र गर्दाका फाइदाहरु

तपाईले पिसाव रोक्दा हुने नोक्सानका विषयमा छ सुन्नु भएकै होला । तर के तपाईले कहिल्यै पिसाव रोकेर राख्दा हुने फाइदाका बारेमा सुन्नु भएको छ ? हो, शोधकर्ता आइरिस ब्लैडो गितलिंका अनुसार पिसाव रोक्दा इच्छाशक्ति बढ्छ । विज्ञानका अनुसार पनि यो ट्रिकले काम गर्दछ ।

एक शोधका अनुसार पिसावलाई रोकेर राख्नु तपाईको इच्छाशक्ति बढाउन सहायक हुने गर्दछ । क्यालिफोर्निया स्टेट युनिभर्सिटी, फलरटनमा साइकोलजीका एसोसिएट प्रोफेसर आइरिस ब्लैडो गितलिंकाअनुसार यसको सम्बन्ध इंपल्स कन्ट्रोल (आवेग नियन्त्रण) सँग छ । आइरिस ब्लैडो गितलिंकले ब्लैडर (मुत्राशय) भरी रहँदा दिमागमा हुने फाइदामाथि अनुसन्धान गरेका हुन् । जसअनुसार मुत्राशय भरिएको अवस्थामा इच्छाशक्ति मात्र बढ्दैन, अत्यन्त विश्वसनीय तरिकाले झुट पनि बोल्न सकिन्छ ।

प्रोफेसर आइरिस ब्लैडो गितलिंका अनुसार पिसाव रोक्दा दिमागको कुनै हिस्सा सक्रिय हुने भने होइन, तर तपाईलाई लाग्छ कि आत्मसंयमलाई ट्रिगर गरिरहनु भएको छ । जसबाट तपाईको अन्य प्रकारका आवेगसँग लड्न सहयोग पुग्छ । आवेगलाई कम प्रभावी गर्ने यो प्रभावले तपाईलाई उत्तम तरिकाले ध्यान केन्द्रित गर्न सघाउछ ।

पिसावसँगै सम्बन्धित एउटा शोधमा डच शोधकर्ताहरुले भ्रामक मानसिक परीक्षणका क्रममा जुन मानिसले पिसाव गरेका थिए उनीहरुको तुलनामा पिसाव रोकेर राख्नेहरुले बढी स्कोर प्राप्त गरेका थिए । शोधअनुसार जुन व्यक्तिले पिसाव रोकेर राखेका थिए उनीहरु प्रश्नको उत्तर पनि राम्रोसँग लिन सफल भए ।

आइरिस ब्लैडो गितलिंका अनुसार शोधमा उनले सहभागीहरुलाई त्यतिबेलासम्म पिसाव गर्न जान रोके, जबसम्म उनीहरुलाई त्यसो गर्ने इच्छा थियो । सहभागीहरुलाई त्यतिबेला मात्र रोकिएन जतिबेला उनीहरु पिसाव रोक्न असफल भएका थिए । त्यसैले पिसावलाई बढी समय रोक्नु आवश्यक छ।

यता अन्य कयौ शोध र विशेषज्ञहरु बढी समयसम्म पिसाव रोक्नु गम्भीर हुने बताएका छन् । यसो गर्दा युरिन ट्रेक्ट इन्फेक्सन हुने सम्भावना रहन्छ । कनिभने हाम्रो किड्नीमा हरपल हाम्रो रगतलाई डी टोक्सिफाय गरेर थोपाथोपाको माध्यमबाट हाम्रो शरीरको फोहोर निकाल्न सहयोग गरिरहेको हुन्छ । यस्तो अवस्थामा पिसाव रोक्दा कुनै मानसिक लाभ भए पनि यसबाट शारीरिक हानी हुने देखिन्छ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..