यी हुन् विश्वमा सबैभन्दा बढी कमाई हुने पेसा, तपाई पनि विशेषज्ञ बन्ने कि ?

सबैजसो मानिस राम्रो रोजगारी पाउनका लागि अध्ययन गर्ने गर्दछन् । कुन विषयमा कलेज डिग्री लिँदा सबैभन्दा बढी कमाई हुने जागिर पाइन्छ ? सबैको चासो यसैमा हुने गर्दछ । फोर्ब्स पत्रिकाका अनुसार यी दश पेसामा सबैभन्दा बढी आम्दानी हुने गर्दछ ।

सर्जन

स्वास्थ्य जगतमा जटिलभन्दा जटिल अपरेशनलाई परिणाममा पुराउने सर्जनको पेसामा सबैभन्दा बढी आम्दानी हुने गर्दछ । कयौ चिकित्सक जागिरका साथै निजी क्लिनिकमा पनि काम गर्दछन । मेडिकल पेसामा विशेष तालिम र ठुलो रिस्क लिनुपर्ने भएकाले यसमा वर्षेनी कमाई पनि राम्रो हुने गर्दछ ।

मनोचिकित्सक

फोर्ब्स पत्रिकाको सन् २०१५ को सूचीमा साइकोलजिस्ट दोस्रो स्थानमा छ । गरिबहरु त यिनीहरुको पहुँचमै हुँदैनन्, मानसिक समस्यामा हेरचाह पनि त्यति हुँदैन । तर धनी र समर्थहरुका लागि मोटो रकम लिएर मनोचिकित्सकहरुले सेवा दिने गर्दछन् ।

फिजिसियन

एउटा सामान्य चिकित्सक वा जीपी डक्टरको माग संसारमै उच्च छ । यसले विरामी हेरेर तय गर्दछ कि उसलाई स्पेसलिस्टकोमा जानु आवश्यक छ वा छैन । अमेरिकामा विदेशमूलका चिकित्सकको प्रभुत्व छ । उनीहरुको कमाई पनि उच्च छ, करिअरमा उच्च पदमा पनि चाँडो पुग्ने गर्दछन् ।

कर्पोरेट एक्जिक्युटिभ

ठुलाठुला मल्टिनेशनल कम्पनीमा काम गर्ने बरिष्ठस्तरका कर्पोरेट एक्जिक्युटिभहरु बजारको नयाँ चुनौति र तनावको सामना गर्ने गर्दछन् । तर, उनीहरुको यो काम गरेबापत मोटो रकम पारिश्रमिक पनि लिने गर्दछन्।

डेन्टिस्ट

दाँतको राम्रो डक्टर बन्नका लागि मेडिकल डिग्री, लामो तालिम र चुस्त हात आवश्यक हुन्छ । यसमा ज्ञानका साथसाथै उत्साह र अनुभव पनि आवश्यक हुन्छ । मेहनत गर्नेहरु यो पेसाबाट उच्च आम्दानी गर्न सफल हुन्छन् ।

पेट्रोलियम इन्जिनियर

अमेरिकाको जब मार्केटमा कमाई गर्ने हिसावमा यो पेसालाई छैठौ नम्बरमा राखिएको छ। इन्जिनियरिङको सबै शाखमा पनि काम निकै धेरै छ । धेरै माग भएका कारण उनीहरुको कमाई पनि उच्च छ।

अर्थोडेन्टिस्ट

यिनीहरु दाँतको डाक्टरले भन्दा पनि बढी तालिम लिन्छन् । गिँजा र दुवैको जोडसँग सम्बन्धित सर्जरी गर्न पनि सक्षम हुन्छन् । यही विशेष दक्षताका लागि उनीहरुको पारिश्रमिक पनि अरुको भन्दा राम्रो हुन्छ ।

डाटा वैज्ञानिक

हालैका वर्षहरुमा डाटा वैज्ञानिकको माग बढ्दो छ। जति प्रचुर मात्रामा डाटा उपलव्ध भइरहेको छ, त्यसको विश्लेषणका लागि दक्ष विशेषज्ञ आवश्यक पर्दछ । यदि जटिल तथ्याङ्क विश्लेषणमा रुची भए तपाई पनि यो पेसामा दक्ष बनेर राम्रो आम्दानी गर्न सक्नु हुन्छ ।

एयर ट्राफिक कन्ट्रोलर

यो पेसामा पहिलाभन्दा अहिले माग केही कम भएको छ। तर कमाईको हिसावमा यो पेसा पनि अब्बल मानिन्छ । एयर ट्राफिक कन्ट्रोलसँग सम्बन्धित वस्तुलाई अटोमेटिक गरिएका कारण यो पेसामा माग कम भए पनि यहाँ कार्यरत कर्मचारीको कमाई निकै उच्च छ ।

फर्मासिस्ट

फर्मासिस्टको आवश्यकता पनि जतासुकै पर्दछ । माग उच्च रहेकै कारण फर्मासिस्टको कमाई पनि उच्च छ । त्यसका लागि डिग्री भने लिनु आवश्यक छ। मेडिकल जगतमा हरेक समय विशेषज्ञको माग कायमै रहन्छ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..