न्युजिल्याण्ड १७ वर्ष मुनिको महिला विश्वकप फुटबलमा छनोट

न्युजिल्याण्ड १७ वर्ष मुनिको महिला विश्वकप फुटबलमा छनोट 1

काठमाडौं । न्युजिल्याण्ड आगामी वर्ष आयोजना हुने १७वर्ष मुनिको महिला विश्वकप फुटबलमा छनोट भएको छ ।

न्युजिल्याण्ड विश्वकपमा छनोट हुने चौथो टिम समेत बनेको छ । यसअघि न्युजिल्याण्डसहित एसिया छनोटबाट जापान र उत्तर कोरिया छनोट भएकाथिए ।

भारतको टिम समेत आयोजकको हिसाबले विश्वकपमा छनोट भइसकेको छ ।फिफा १७वर्ष मुनिको महिला विश्वकप सन् २०२१ को फेब्रुअरी १७ देखि मार्च ७ सम्मका लागि तय गरिएको छ ।

यसअघि प्रतियोगिता नेभेम्बर २ देखि २१ सम्मका लागि तय गरिएको थियो । तर महामारीका रुपमा फैलिएको कोरोना भाइरसकाकारण विश्वकपको पूर्व निर्धारित मिति स्थगित गर्दै अघिल्लो वर्षका लागि सारिएको हो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..