यस्तो निर्णय गरेछ मन्त्रीपरिषद् बैठकले, आइजीपीबारे निर्णय भएन

काठमाडौ । सरकारले विद्यालय भर्ना अभियानलाई सफल बनाउनका लागि सबैलाई विद्यालय जाने उमेर पुगेका बालबालिकालाई विद्यालय भर्ना गराउन आह्वान गरेको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको मन्त्री परिषद् बैठकले सरकारले ल्याएको ‘एक व्यक्ति, एक भर्ना’ अभियानलाई सघाउन सबैमा आग्रह गर्ने निर्णय गरेको हो । मन्त्री, सांसद, प्रदेशसभा सदस्य, राजनीतिक दलका नेता, सरकारी अधिकारी, उद्योगी, कलाकार, शिक्षक संगठन, गैह्र सरकारी संस्था सबैलाई विद्यालय भर्ना अभियानलाई सफल बनाउन एक एक बालबालिकालाई विद्यालय भर्ना गरिदिन आह्वान गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

बैठकले प्रधानमन्त्री कार्यालयका सचिव राजिव गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गर्ने निर्णय छ । गौतमको स्थानमा डिल्लीराज घिमिरेलाई सचिवमा बढुवा गरेर प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको प्रवक्ता बास्कोटाले जानकारी दिनुभयो ।

बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको महानिरीक्षक नियुक्तिबारे निर्णय गर्ने अपेक्षा गरिए पनि त्यस विषयमा छलफल नभएको बताइएको छ । मन्त्रिपरिषदको अर्को बैठकले महानिरीक्षक नियुक्तिबारे निर्णय गर्ने भएको छ । प्रहरी महनिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठको पदावधि चैत २८ गते सकिदैंछ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..