एफएममा फर्माइस् (जोक)

चंखेले श्रीमतीलाई फोन गर्दा सम्पर्क हुन सकेन । नजिकै एफएम रेडियो बजिरहेको थियो । चंखेले एफएममा आइरहेको कार्यक्रममा डायल ग-यो ।

चंखेः हलो ।

प्रस्तोताः हलो, कहाँबाट को बोल्नुभयो होला ?

चंखेः म बानेश्वरबाट चंखबहादुर बोलेको । अँ साँच्चि मेरो आवाज यतिबेला सबैले सुनेका छन् नि होइन ?

प्रस्तोताः पक्कै पनि सुनेका छन् चंखेजी ।

चंखेः त्यसो भए मेरी श्रीमतीले पनि सुनेकी होलिन् हैन त ?

प्रस्तोताः भाउजूले पनि पक्कै सुन्नु भएको होला । ….अँ चंखजी हामी गीत बजाउने तयारीमा छौं, तपाई कसलाई फर्माइस गर्न चाहनु हुन्छ ?

चंखेः छ, छ । मेरी श्रीमतीलाई म के फर्माइस गर्न चाहुन्छ भने अहिले म छतको बाथरुममा नुहाइरहेको छु । जीउभरि साबुन छ । नुहाउँदा नुहाउँदै पानी सुक्यो । झट्टै मटर चलाएर पानी भरिदेऊ न बूढी । साबुनले आँखा साह्रै पिरो भयो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..