गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयले मंगलवार बिहान एक विज्ञप्ति जारी गर्दै थप २४ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।

निर्देशनालयका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० वर्षीय १२ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यस्तै म्याग्दीको बेनी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका ४६ वर्षीय १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसैगरि बाग्लुङको निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका २१, २६ र २७ वर्षीय ३ जना पुरुष र सोहि जिल्ला बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका २४, २२, १८, २४, १८, ४९, २३ र २७ वर्षीय ८ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..