खुट्टा नीलो कसरी भयो ? (जोक)

खुट्टामा नीलो भएपछि शेरे डाक्टरलाई देखाउन अस्पताल गएछ । शेरेको खुट्टा हेरेपछि डाक्टरः

तपाईको खुट्टामा पूरै विष फैलिएको छ। खुट्टा काट्नुपर्छ अनि नक्कली खुट्टा राख्नुपर्छ ।

मलिन अनुहारका शेरेले सहमति जनाएछ । डाक्टरले उसको खुट्टा काटेर नक्कली खुट्टा हालिदिएछ ।

तर, खुट्टा काटेको दुई दिनपछि नक्कली खुट्टा पनि नीलो भएछ र शेरे फेरि डाक्टरकहाँ गएछ ।

शेरेः लौन डाक्टर साब तपाईले यो हालिदिएको नक्कली खुट्टा पनि नीलो पो आयो त ।

डाक्टरः (नियाल्दै) ए… । अब बल्ल पो पत्ता लाग्यो, तपाईको पाइन्टको रङ पो खुट्टामा लागेको रहेछ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..