एकसाताभित्रै जलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन सुरु गरिने

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जलमार्ग निर्माणबारे एक साताभित्रै विशेष महाशाखा बनाएर सम्भाव्यता अध्ययन सुरु गर्ने स्पष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पानीजहाजको सपना साकार हुने भन्दै उहाले एक हप्ताभित्रै जलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन सुरु गर्ने जानकारी दिनुभयो ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री महासेठले प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा दुवै प्रधानमन्त्रीले अहिलेसम्म भएका सन्धि र सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकोले आफूहरु भारतसँग भएका सम्झौताहरु कार्यान्वयन हुन्छ भन्नेमा विश्वस्त रहेको समेत बताउनुभयो ।

मन्त्री महासेठले रेलमार्ग र जलमार्ग बनाउनेबारे भारतसँग भएको सहमतिलाई ठूलो उपलब्धिको संज्ञा दिनुभयो । उहाँले आफूहरुले भ्रमणको दौरान भारतसँग राष्ट्रिय हित, सार्वभौमसत्ता, राष्ट्रिय एकता, अखण्डता र स्वतन्त्रतालाई ध्यानमा राखेर सहमति गरेको दाबी गर्नुभयो ।

त्यस्तै उहाँले यातायातमा व्याप्त रहेको सिण्डीकेटले बस व्यवसायी, यात्रु र सरकार कसैलाई पनि फाईदा नभएको बताउदै सिण्डकेट खारेज गर्न निर्देशन दिईसकेको जानकारी दिनुभयो ।

त्यस्तै उहाले सरकार आँफैले ५ सय वा हजार बस ल्याउन लागेको छ भनेर हल्ला गरिएकोप्रति आपत्ति जनाउदै सरकारले बस सञ्चालन नगर्ने स्पष्ट पार्नुभयो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..