तपाईलाई थाहा छ, किस गर्दा आँखा किन बन्द हुन्छ ?

तपाईले देख्नु भएको होला कि मानिसहरु किस गर्ने बेला आफ्नो आँखा बन्द गर्दछन् । तपाईको मनमा यस विषयमा प्रश्न उब्जँदो हो कि किन किस गर्दा आँखा बन्द हुन्छ ।

चिन्ता नगर्नुस् । एउटा शोधले यो प्रश्नको उत्तर खोजेको छ। मनोवैज्ञानिकहरुले यो प्रश्नमाथि गरेको ताजा अध्ययनमा यो प्रश्नको उत्तर फेला परेको दावी गरेका हुन् ।

शोधमा भनिएको छ–जब एक व्यक्तिले अर्को व्यक्तिलाई किस गर्दछ तब आँखा बन्द हुनु भनेको एउटै काममा ध्यान दिनु हो । किनभने कुनै मानिस एक काम पूरा गर्न ध्यान दिन यसबाट सजिलो हुने गर्दछ । त्यतिबेला दिमागमा केही पनि आउँदैन ।

यसबाट मानिसले आफ्नो काम पूर्ण दक्षताका साथ गर्न सक्दछ । शोधका अनुसार मानिसको दिमाग बढीभन्दा बढी दुई काममा एकसाथ फोकस गर्न सक्दछ । त्यसैले किस गर्ने बेला आँखा बन्द गर्नु एउटा उत्तम विकल्प हो । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..