
काठमाडौं । कोरोना सङ्क्रमितको संख्या हरेक पाँच मिनेटमा एक जनाका दरले थपिरहेको छ ।
आज बिहानै पर्सा, पर्वतमा कोरोनाका सङ्क्रमितहरू थपिएका छन् । पर्सामा वेवारिसे शवमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
वीरगञ्जको घण्टाघरमा मृत भेटिएका अन्दाजी २५ बर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यसअघि नेपालमा कोरोना सङ्क्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म कोरोना सङ्क्रमणबाट ५ हजार ७२ जना संङ्क्रमित भएका छन् ।