सामाजिक सञ्जालको अन्तिम पोष्टमा आमालाई सम्झिदै सुशान्तले यस्तो लेखेका थिए…

काठमाडौं – बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतको आइतबार निधन भएको छ । उनले आइतबारले पासो लगाएर आफ्नै ज्यान फालेका हुन् । भारतिय मिडियाका अनुसार मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले फेनमा पासो लगाएको जनाइएको छ ।

उनी केही समयदेखी डिप्रेसनमा रहेको अनुमान समेत गरिएको छ । उनले के कारणले आफ्नो ज्यान फालेको भन्ने खुल्न सकेको छैन । आफ्नो ज्यान फाल्नु अघि उनी सामाजिक सञ्जालमा निकै सक्रिय थिए । उनले आफ्नो अन्तिम स्टाटस १० दिनअघि आमालाई सम्झिएर लेखेका थिए । आमाको उनी १६ वर्षको हुँदा निधन भएको थियो ।

उनले लेखेका थिए, ‘धुमिल विगत आँसुको थोपा बनेर उडिरहेछ असीम सपनाहरुले मुस्कानलाई आकार दिइरहेका छन्, र, क्षणभरको जीवन यी दुई बीच मोलतोल गरिरहेछ‘ ।’

‘कोई पो चे’बाट बलिउडमा डेब्यु गरेका उनले सुद्ध देशी रोमान्स, रब्ता, पिकेु, एमएस धोनी , केदारनाथ , छिछोरे लगायतका फिल्ममा उनले अभिनय गरेका थिए।

One thought on “सामाजिक सञ्जालको अन्तिम पोष्टमा आमालाई सम्झिदै सुशान्तले यस्तो लेखेका थिए…

Comments are closed.

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..