नुवाकोटकी ६ वर्षीया बालिकासहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ। चितवनको भरतपुर अस्पतलामा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण देखिएको भरतपुर अस्पतलले जनाएको छ।

भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका १४ का ३६ वर्षीया महिला, नवपुर बुढीकालीका २० वर्षीय पुरुषमा संक्रमण देखिएको छ। त्यस्तै नुवाकोटको ताराकेश्वर नगरपालिकाका ६ वर्षीया बालिका र ३१ वर्षीया महिलामा संक्रमण देखिएको छ।

त्यस्तै अर्खाखाँचीको भुमिकास्थान नगरपालिका-६ का २०, ३५, ३५ वर्षका पुरुषमा संक्रमण देखिएको अस्पतालले जनाएको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..