गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २०४

कास्की। गण्डकी प्रदेशमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज बिहान प्रेश विज्ञप्ती प्रकाशित गर्दै थप ५ जनामा कोरोना संक्रमण पाईएको जानकारी दिएको हो ।

तनहुँ जिल्ला, घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४५, २२, २७, २७, र ४६ वर्षका ५ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

संक्रमितहरुलाई तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेको जी.पी. कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा राखिएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०४ पुगेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..