कालीकोटमा थप १४ जनामा कोरोना संक्रमित

कालीकोटमा थप कोरोनाका १४ संक्रमित फेला परेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण फेला परेको हो ।

जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नंं २ का १९, २१, २१, २४, ३८ र ६० वर्षीय पुरुष तथा वडा नं ३ का २३, ४२ र ५० वर्षीय पुरुष र १८, २२, ५१ वर्षीया महिलामा कोरोना संक्रमण फेला परेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताउनुभयो ।

कोराना संक्रमित आइसोलेशनमा छन् । ‘संक्रमितको संख्या ४३ छ जसमध्ये १ जना बाजुराका छन् ’, उहाँले भन्नुभयो, ‘२५ जना निको भएर घर गइसक्नुभएको छ । हाल आइसोलेशनमा १८ भर्ना हुनुभएको छ ।’

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..