चीनमा पूनः लकडाउन सशक्त, राष्ट्रिय रेल मार्गपनि बन्द

चीनमा पूनः लकडाउन सशक्त,  राष्ट्रिय रेल मार्गपनि बन्द 1

एजेन्सी । चीनको केन्द्रिय राजधानी बेइजिङ्गमा कोरोनाभाइरस विरुद्धको लडाईलाई फेरी सशक्त बनाउन लागेको छ । पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमितहरु भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो ।

उच्च सतर्कता अपनाउने क्रममा बेइजिङ्गमा रहेका दुई ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्ध गरिएको छ । त्याहाका अधिकारीहरुले दिएको जानकारी अनुसार करिब १ हजार २५५ ओटा आन्तरिक उडान रद्ध भएका हुन् ।

बेइजिङ्गमा अहिलेसम्म ९० हजार जनाको कोरोना परिक्षण गरिएको र नयाँ ३१ सहित कुल १३७ जना संक्रमित भेटिएपछि सरकारी अधिकारीहरुले उच्च सतर्कता अपनाउने निर्णय गरेका हुन् । बेइजिङ्बाट हुने अन्तर्राष्ट्रिय उडान भने यसअघि देखिनै बन्द हुदै आएको थियो । त्यो अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

त्यसैगरी राष्ट्रिय रेल मार्गबाट पनि बेइजिङभन्दा बाहिर जानका लागि बन्द गरिएको छ । टिकट काटिसकेको छ भने पनि रकम फिर्ता दिने गरिएको अधिकारीहरुको भनाई छ । बुधबारदेखि माध्यामिक तथा प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई अनलाईन अध्ययन अध्यापनमा जोड दिन लगाइएको छ । कलेजका शंकास्पद विद्यार्थीहरुलाई भने कलेजमै फिर्ता गरिएको छ ।

बेइजिङ्का सार्वजनिक स्थलहरुमा आवत जावत गर्न पनि कडाई गरिएको समाचारमा जनाइएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

Manju Mishra
dbbasnet@gmail.com
https://rajmarga.com/

यो छुट्टाउनु भो कि..