प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय १९ पुग्यो, २ सय २४ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ कोरोना संक्रमितको संख्या ४ सय १९ पुगेको छ। पुरुष ३ सय ८९ र महिला ३० जना छन्।

अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २ सय ११ पुरुष र १३ महिला गरी २ सय २४ पुगेको छ।बिहिबार प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सूचना डेस्कको अनुसार कोभिड-१९ को संक्रमितको संख्या ४ सय १९ र डिस्चार्ज हुनेको संख्या २ सय २४ पुगेको जनाएको छ।

झापामा सबैभन्दा बढी संक्रमितको संख्या १ सय ७८ रहेको छ। जसमा पुरुष १ सय ७४ र ४ महिला रहेका छन्। मोरङमा ९५ पुरुष र ८ पुरुष १ सय ३ संक्रमित रहेका छन। ५६ पुरुष र ६ महिला गरी सुनसरीमा ६२, धनकुटामा ६ पुरुष र २ महिला गरी ८, भोजपुरमा ६ पुरुष, खोटाङमा ४ पुरुष। उदयपुरमा ३९ पुरुष र ८ महिला गरी ४७, सोलुखुम्बुमा १, संखुवासभा २ पुरुष। तेह्रथुममा १ महिला र १ पुरुष गरी इलाममा २ पुरुष, पाँचथरमा १ महिला, ताप्लेजुङमा ३ महिला।

डिस्चार्ज भएर २ सय २४ घर फर्के
सबैभन्दा बढी झापाका १ सय २६ पुरुष संक्रमित निको भएर डिस्चार्ज भएका छन्। मोरङमा १५ पुरुष र २ महिला गरी १७, सुनसरीमा २५ पुरुष र २ महिला गरी २७, धनकुटामा ६ पुरुष र २ महिला गरि ८, भोजपुरमा ५ पुरुष, खोटाङमा १ पुरुष, उदयपुरमा २५ पुरुष र ६ महिला, सोलुखुम्बुमा १ पुरुष।संखुवासभामा २ पुरुष। तेह्रथुममा १ महिला र १ पुरुष गरी २ जना।पाँचथरमा १ पुरुष, ताप्लेजुङमा ३ पुरुष डिस्चार्ज भएका छन्।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..