गण्डकी प्रदेशको सात जिल्लामा थपिए ५८ कोरोना संक्रमित, संक्रमितको संख्या ४३८ पुग्यो

कोरोना भाइरस

कास्की । गण्डकी प्रदेशमा शनिबार थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ, नवलपुर, गारेखा, म्याग्दी, कास्की, स्याङजा र बाग्लुङमा नयाँ संक्रमित भेटिएका हुन्।

नयाँ संक्रमित भेटिएका जिल्लामध्ये तनहुँमा २५ जनामा रहेका छन्। उनीहरु सबै पुरुष हुन्। यस जिल्लाको ऋषिङ गाउँपालिकामा २१, व्यास नगरपालिकामा २, र शुक्लागण्डकी नगरपालिकामा २ जना सङ्क्रमित थपिएका हुन्।

यस्तै, नवलपुरको बुलुङटार गाउँपालिकामा ११, बौदीकाली गाउँपालिकामा एक, मध्यविन्दु नगरपालिकामा दुई, विनयत्रिवेणी गाउँपालिकामा एक र देवचुली नगरपालिकामा एकजनामा संक्रमण पुष्टि भएको हो। संक्रमितहरु सबै पुरुष हुन्।

गोरखाको भीमसेन नगरपालिकामा पाँच र म्याग्दीको मालिका गाउँपालिकामा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। कास्कीको मादी गाउँपालिका एक पुरुष र एक १९ महिना बालिकामा संक्रमण देखिएको हो।

यस्तै, स्याङजाको एक पुरुष र बाग्लुङको काठेखोला गाउापालिकाका सात पुरुष र एक महिलामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ। शनिबार बिहान थपिएका ५८ जनासँगै गण्डकीमा संक्रमितको संख्या ४३८ पुगेको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..